चितवनः नेपालीको भान्सामा मसलाको रुपमा प्रयोग हुने बेसार दर्जनौं रोगको औषधि हुने विज्ञहरुले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न बेसारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको भनाई छ ।

पतञ्जली आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुण विज्ञ प्रा.डा.श्याममणि अधिकारी बेसार रोग विरुद्ध लड्नका लागि उपयोगी हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “बेसारले शरीरको शक्ति बढाउन मद्दत गर्छ ।” कोरोना जस्ता हजारौं भाईरस प्रकृतिमा रहेको भन्दै उहाँले बेसारले भाईरस विरुद्ध लड्न केही न केही सहयोग पु¥याउने बताउनुभयो ।

बेसारमा पाइने गुणकारी तत्वहरुले भाइरसले जन्माउने अरु भाइरसलाई रोक्न मद्दत गर्ने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार भाइरसमा आफु जस्तै अर्को भाइरस जन्माउने प्रकृति हुन्छ, जसलाई प्रतिकृति भनिन्छ । त्यसैगरी, बेसारमा पाइने तत्वले शरीरमा भाइरसको संख्या कम गर्दछ ।
प्रा.डा. अधिकारी बेसार सर्वगुणी भएको भन्दै मधुमेह, सुन्निएको, दुखेको, घाउखटिरा, छालाका रोगहरु, शरीरमा बोसो एवं चिल्लोको मात्रा घटाउन पनि उपयोगी हुने बताउनुहुन्छ । यस्तै शरीरभित्र अप्राकृतिक रुपमा बढ्ने शरीरका कोषहरुलाई रोक्न यसले मद्दत गर्ने उहाँको भनाई छ । आमाको दूधमा खराबी भएमा, दम, खोकीमा पनि बेसार उपयोगी हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “शरीरभित्रै पनि विष बन्छ, त्यो विष नास गर्न वा पचाएर स्वस्थ राख्न बेसार उपयोगी छ ।” शरीरमा बाहिरबाट आएको एलर्जी नासका लागि पनि बेसार प्रयोग गरिने उहाँले बताउनुभयो ।
शरीरको दुखाई कम गर्न, सुन्निएको घटाउन, घाउ खटिरा सफा गर्न, जीवाणुहरु मार्न, रगत सफा गर्न, खाएको कुरा पचाउन पनि बेसारले काम गर्ने अधिकारी बताउनुहुन्छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रम्ुख डा. कोपिला अधिकारी आयुर्वेदका प्राचिन, अर्वाचीन र आधुनिक ग्रन्थहरुमा बेसारको प्रशस्त महिमा एवं प्रयोग गरेको पाईने बताउनुहुन्छ । विशेषतः व्याधिक्षमत्व(रोगसंग लड्नसक्ने क्षमता) एवं रोग प्रतिरोधात्मक क्षमता वृद्धि, प्रतिश्याय(रुघा), प्रमेह (मधुमेह), पाण्डु (रक्त अल्पता), व्रण(घाउ खटिरा), कृमी नाश(जुका), सौन्दर्य वृद्धि, छालाको रोगहरुमा यसको प्रयोग गरिने उहाँको भनाई छ ।

मष्तिस्कको ट्युमर रोकथामका लागि बेसारलाई तातो दूधमा फिटेर खानु उत्तम हुने उहाँ बताउनुहुन्छ । अधिकारी भन्नुहुन्छ “वैज्ञानिक सोधहरुमा प्रकाशित तथ्याकं अनुसार बेसारमा भएका रासायनिक तत्वहरुमा नाकको एलर्जी घाटीको संक्रमण, नेत्राभिष्यं(आँखा सम्बन्धि रोग), जिर्ण व्रण (घाउ खटिरा), ढुशीजन्य संक्रमण, क्यान्सर बिरुद्द लड्ने क्षमता हुन्छ ।”

कोरोना संक्रमित व्यक्तिहरुको प्रयोगशाला परिक्षणबाट संक्रमणको पहिलो हप्तामा सेतो एवं रातो रक्तकोशिका, हेमोग्लोबिनको संख्या घटेको पाइएको छ । जसले गर्दा संक्रमित व्यक्तिमा खतराका लक्षणहरु देखिन सक्छ । साथै रोगसँग लड्ने क्षमता राम्रो भएको व्यक्तिमा दोस्रो हप्तादेखि सो संख्यामा वृद्धि भएको र खतराका चिन्हहरु पनि नदेखिएको पाइएको उहाँ बताउनुहुन्छ । उहाँले अगाडि भन्नुभयो “कोरोनासँग लड्ने क्षमता वृद्धि गर्नु जरुरी छ ।”

कोरोना भाइरसको सन्दर्भमा कुरा गर्नु पर्दा छिमेकी मुलुक भारतले आयुर्वेद, योग र चीनले परम्परागत चिनिया उपचार पद्धतिको प्रयोगबाट कोरोना भाइरस एक्टिभ केस संख्यामा उल्लेखनीय गिरावट ल्याउन सफल भएको अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले पनि नेपालमा उपलब्ध हरिद्रारवेसार, तुलसी लगायत भाइरस विरुद्ध सक्रिय औषधिय गुण भएका, एवं गुर्जो, अश्वगन्धा लगायत रोगसँग लड्ने क्षमता बढाउने खालका जडिबुटीको नियमित सेवन, योग, प्रणायामको नियमित अभ्यास, स्वस्थ आहार एवं जीवनशैलीको अबलम्बन गर्नुपर्दछ ।”

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाका प्रमुख डा.प्रशान्त पण्डित बेसार कोरोना रोगसँग लड्न सहयोगी हुने बताउनुहुन्छ । मानिसमा रोगप्रतिरोधी क्षमता बढाउन बेसार उपयोगी हुने उहाँको भनाई छ । छाला, रुघाखोकी र रोगप्रतिरोधी क्षमता बढाउन बेसारको उपयोगीता बढी भएको पण्डितको भनाई छ ।

परापूर्व कालमा मसलाको रुपमा भान्सामा प्रयोग हुने बेसार शरीरको सौन्दर्यताको लागि प्रयोग हुँदै आयुर्वेद औषधिको रुपमा प्रयोग हुन थालेको उहाँको भनाई छ ।

भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरी बेसारले संक्रमणलाई कम गर्न सहयोग पु¥याउने बताउनुहुन्छ । उहाँले बेसारको आफ्नै किसिमको फाईदा भएको बताउनुभयो । यसले चिसोबाट हुने संक्रमण रोक्ने काममा भूमिका खेल्ने उहाँको भनाई छ ।

जानेर वा नजानेर नेपालीहरुको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी हुने सबैलाई ज्ञान छैन । कतिपयले रंगका लागि मात्रै प्रयोग गरेको भए पनि त्यसले औषधिको काम गरिरहेको कमैलाई मात्रै थाहा छ ।

व्याधिक्षमत्व एवं रोग प्रतिरोधात्मक क्षमता वृद्धि, प्रतिश्याय(रुघा), प्रमेह (मधुमेह), पाण्डु (रक्त अल्पता), व्रण(घाउ खटिरा), कृमी नाश(जुका), सौन्दर्य वृद्धि, छालाको रोगहरुमा यसको प्रयोग गरिने उहाँको भनाई छ ।

“वैज्ञानिक सोधहरुमा प्रकाशित तथ्याकं अनुसार बेसारमा भएका रासायनिक तत्वहरुमा नाकको एलर्जी घाटीको संक्रमण, नेत्राभिष्यं(आँखा सम्बन्धि रोग), जिर्ण व्रण (घाउ खटिरा), ढुशीजन्य संक्रमण, क्यान्सर बिरुद्द लड्ने क्षमता हुन्छ ।”

प्रतिक्रिया दिनुहोस !