
चितवनः देवघाट क्षेत्र बिकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा स्नान गर्न देवघाट नआउन भक्तजनहरुलाई अनुरोध गरेको छ । समितिले सार्बजनीक सूचना जारी गर्दै कोरोना संक्रमणका कारण घरमानै स्नान गर्न अनुरोध गरेको हो ।
समितिका अध्यक्ष शिबराज पौडेलले मठ, मन्दिर र देवघाटमा बसोबास गर्ने बाहेक अन्य भक्तजनहरुलाई स्नान गर्न नआउन आग्रह गर्नु भयो । अघिल्ला वर्षहरुमा ग्रहण लाग्दा ५० हजार हाराहारी भक्तजनहरु आउने गरेको भए पनि यस वर्ष कोरोना भाईरसको संक्रमण वढेका कारण भक्तजनहरुलाई नआउन अनुरोध गरिएको उहाँले बताउनुभयो ।
कालिगण्डकी र त्रिशुलीको संगम स्थल देवघाटमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनबिश्वास रहि आएको छ ।