काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले साउनसम्ममा कोरोना नियन्त्रण गर्न सकिने दाबी गर्नुभएको छ । राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिले संक्रमितको संख्या बढेर गए पनि साउनसम्म नियन्त्रणमा लिन सकिने जानकारी दिनुभयो । “बाहिरबाट आउने नागरिकको व्यवस्थापन गर्न सक्यौँ भने अहिले बढेर गए पनि साउनसम्म नियन्त्रणमा लिन सक्छौं,” उहाँले सदनमा भन्नुभयो ।

संक्रमितहरूको आउनेक्रम घटेर गएकाले नियन्त्रण गर्न सकिने अवस्था देखिएको प्रधानमन्त्रीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस !