काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिन स्थलमा महिलाको सामूहिक बलात्कार मानव जातिका निम्ति कलंकको घटना भएको बताउनुभएको छ । यसमा संलग्न भएकाहरुलाई कुनै हालतमा क्षमा गर्न नसकिने उहाँले बताउनुभयो ।

राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलाली घटनाबारे बोल्नुभएको हो । सुरक्षाका लागि खटाएकाहरु नै कुकर्मी निस्किएको भन्दै उहाँले भन्नुभयो “‘मान्छे मान्छे नभएपछि … उनीहरुलाई पशु पनि भन्न मिल्दैन किनकी पशुले यति घटियाका काम गर्दैन, मानव जातिकै लागि कलंकको घटना भयो ।”
प्रधानमन्त्री ओलीले यस्तो अपराधमा संलग्नहरुलाई क्षमा गर्न नसकिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !