चितवनः कोरोना भाईरसको संक्रमण वढि रहेको समयमा विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय चितवनलाई रु. ३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका क्षेत्रीय कार्यालय प्रमुख पुष्करराज पौडेलले कार्यालयका प्रमुख दिपक तिवारीलाई ती सामग्री आज हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा कोरोनाको रोकथाम नियन्त्रण तथा उपचारको क्रममा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरु र संलग्न अन्य व्यक्तिहरुका लागि उपयोगी हुने ७० व्यक्तिगत सुरक्षा सामग्री, केएन ९५ मास्क ७० थान, सेनिटाईजर ६० थान, ग्लोब्स ६० थान, एप्रोन १५ थान र बुट १५ थान उपलब्ध गराईएको थियो ।
सहयोग गरिएका सामाग्रीहरु मध्येबाट भरतपुर महानगरपालिकालाई २७ थान पिपिई, २७ थान केएन ९५ मास्क, २४ वक्स ग्लोब्स, २४ वोटल सेनिटाईजरबुट र डिस्पोजेवल एप्रोन ४÷४ थान रहेको छ । रत्ननगर नगरपालिकालाई ९ थान पिपिई, ९ थान केएन ९५ मास्क, ७ वक्स ग्लोब्स, ७ वोटल सेनिटाईजर बुट र डिस्पोजेवल एप्रोन २÷२ थान, माडी नगरपालिकालाई ९ थान पिपिई, ९ थान केएन ९५ मास्क, ७ वक्स ग्लोब्स, ७ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन २÷२ थान, कालिका नगरपालिकालाई ४ थान पिपिई, ४ थान केएन केएन ९५ मास्क, ४ वक्स ग्लोब्स, ४ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन २÷२ थान रहेको पौडेलले बताउनुभयो ।
यस्तै खैरहनी नगरपालिकालाई ६ थान पिपिई, ६ थान केएन केएन ९५ मास्क, ५ वक्स ग्लोब्स, ५ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १÷१ थान, राप्ती नगरपालिकालाई ८ थान पिपिई, ८ थान केएन केएन ९५ मास्क, ७ वक्स ग्लोब्स, ७ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १÷१थान, ईच्छाकामना गाउँपालिकालाई ५ थान पिपिई, ५ थान केएन केएन ९५ मास्क, ५ वक्स ग्लोब्स, ५ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १÷१थान , भरतपुर कोभिड १९ प्रयोगशालालाई १ थान पिपिई, २ थान केएन केएन ९५ मास्क, बुट र डिस्पोजेवल एप्रोन १÷१थान र क्षयरोग निवारण संस्थालाई १ थान पिपिई, १ वक्स ग्लोब्स, १ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १÷१थान रहेको पौडेलले बताउनुभयो ।
पौडेलले पहिलो चरणमा ती सामग्री उपलब्ध गराईएको बताउँदै दोस्रो चरणमा जिल्लाका सबै पालिकाहरुका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिईरहेका क्षयरोगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित तीन सय परिवारलाई खाद्य राहत सामग्री वितरण गरिने बताउनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख तिवारीले संस्थाको सहयोगले उच्च जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई धेरथोर सहयोग पुग्ने बताउनुभयो । ट्रष्टले नेपालमा क्षयरोग नियन्त्रण कार्यक्रममा सहयोग गर्दै आईरहेको छ ।
संस्थाले हाल जिल्लामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, प्रादेशिक स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी निक साईमन्स फाउण्डेशनको आर्थिक सहयोगमा इप्याक्ट टिभी परियोजना सञ्चालन गर्दै आईरहेको छ ।