
चितवनः नेपाली काँग्रेस चितवनले देशमा कोरोना भाईरसको संक्रमण वढिरहेको समयमा समेत शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार नरोकीएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले आज ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाउनु भएको हो ।
काँग्रेसले ११ वटा बुद्धामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जसमा क्वारेन्टिन व्यवस्थापन, क्षमता अभिवृद्धि, कोरोना परिक्षण, उपचार कक्षको व्यवस्था, राहत वितरण, नागरिकको उद्धार लगाएतका बिषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । यस्तौ ध्यानाकर्षण पत्रमा अस्पतालहरुमा भएको अनियमितता र लापरवाही, संयन्त्र निर्माण कर छुट लगाएतका बिषय रहेका छन् ।
ज्ञापनपत्र बुझाउँदै काँग्रेस चितवनका सभापती श्रेष्ठले राज्य अहिले उदाशिन वनेको बताउनुभयो । राज्य जनताप्रति उत्तरदायी वन्न नसक्दा जनताले दुःख पाएको उहाँको भनाई थियो । आँफुहरुको ध्यानाकर्षण प्रति सरकार जिम्मेवार नवने आँफुहरु जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको उहाँले बताउनुभयो ।
यस्तै काँग्रेस चितवनका सचिब उत्तम जोशिले सरकारका कामहरु प्रति जनताको निरासा वढेकाले ज्ञापनपत्र बुझाउनु परेको बताउनुभयो । राज्यले वोल्ने एउटा र गर्ने अर्को गरेको उहाँको भनाइ थियो । कोरोनाको नाममा भएको अनियमितता र भ्रष्टाचार रोक्न सरकारले नसकेको उहाँको आरोप छ । काँग्रेसको केन्द्रिय परिपत्र अनुसार ७७ जिल्लाका प्रशासन कार्यालयमार्फत आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको हो ।