चितवनः चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्त सम्ममा प्राकृतिक कारणबाट २६ वटा गैंडा मरेका छन् । जस मध्ये २४ वटा निकुञ्ज क्षेत्रमा र २ वटा वन क्षेत्रमा गैंडा मरेका हुन ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार एउटा हावाहुरीले ढलेको रुखले किचेर मरेको हो भने अन्य जुधेर, दलदलमा फसेर, वाघले आक्रमण गरेर, वुढो भएर, बिद्युतिय करेन्ट लागेर मरेका हुन । मर्नेमा धेरै बच्चा रहेको उहाँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षको यसै अबधिमा निकुञ्ज क्षेत्र र र राष्ट्रिय वन क्षेत्रमा गरि ४३ वटा गैंडा मरेका थिए । प्राकृतिक कारणले गैंडा धेरै मरे पछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले अध्ययन थालेको छ । पछिल्ला वर्षहरुमा चोरी शिकारीका कारण गैंडा मर्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस !