चितवनः भरतपुुर महानगरपालिका वडा नम्बर २५ मा रहेको प्रभात माबिका प्रध्यानाध्यापक र महानगरको शिक्षा महाशाखाका प्रमुखको मिलेमोतोमा महानगरबाट बिद्यालयको नाममा गएको बढि रकम दुरुपयोग गरेको पाईएको छ । महानगरको आर्थिक महाशाखाले दिएको जानकारी अनुसार बिद्यालयमा जानु पर्ने २० लाख ८६ हजार ७ सय ४ रुपैंयामा ५३ लाख ९४ हजार ७ सय ४ रुपैंया गएको थियो । सो रकममा ३३ लाख ८ हजार ६ सय ८४ रुपैंया वढि गएको थियो ।
सो रकम बिद्यालयमा बढि गएको भन्ने जानकारी पाए पछि शैक्षिक महाशाले बाणिज्य वैंकलाई पत्र काटी रोक्का गरेको थियो । रोक्का भएको रकम फुकुवाका लागि बिद्यालयले गत पुष २४ गते पत्र पठाएको थियो । त्यही पत्रलाई आधार मानि शैक्षिक महाशाखाले बिद्यालयको नाममा रोक्का रहेको रकम फुकुवाका लागि माघ ३ गते पत्र पठाएको थियो ।
सो पत्रका आधारमा बैंकले रकम फुकुवा गरेको भए पनि कहाँ के शिर्षकमा खर्च भयो भन्ने आधार छैन । आर्थिक महाशाखाका अनुसार बैंक खाता रोक्का गर्नका लागि चेकमा हस्ताक्षर हुने व्यक्तिले पत्र पठाउनु पर्ने र फुकुवाका लागि पनि सोही अनुसार गर्नु पर्ने हुन्छ । तर शैक्षिक प्रशासन महाशाखाका प्रमुखको चेकमा हस्ताक्षर नहुने भए पनि बिद्यालयको खातामा गएको बजेट रोक्का र फुकुवा गर्नु आँफैमा गलत देखिन्छ ।
बिद्यालयका लागि गएको पठाईएको रकम ओजेटि र ल्याबका लागि रहेको र ३३ लाखको वजेट भने बिना शिर्षक अन्य भनी गएको पाईएको छ । यस विषयमा आर्थिक महाशाखाले बिद्यालयलाई रकम फिर्ता गर्न भनिसकेको छ । तर विद्यालयका प्राचार्यले भने रकम जम्मा गर्नका लागि केही समय माग गर्दै आनाकानी गरीरहेका छन् ।
बिद्यालयले रकम आएको जानकारी पाए पनि विद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी नभएको र पछि मात्रै थाहा पाएकको व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिनुभयो । बिद्यालयका पदेन सदस्य समेत रहनु भएका वडा अध्यक्षले जानकारी पाए संगै यस बिषयमा बिबाद सृजना भएको थियो । बिद्यालयमा बिभिन्न शिर्षकमा आएको वजेटको दुरुपयोग भए पछि आर्थिक महाशाखा ध्यान केन्द्रित गरेको छ । यस बिषयमा बिद्यालयका प्रध्यानाध्यापक होमनाथ भण्डारी भने बिद्यालयमा धेरै पैसा आएको स्विकार गर्नुहुन्छ । बिद्यालयमा पैसा आएको स्विकार गरे पनि दुरुपयोग नगरेको र आर्थिक प्रशासन महाशाखाले फिर्ता गर भनेकाले फिर्ता गर्ने तयारीमा रहेको बताउनुहुन्छ । उहाँले सो रकम अन्य शिर्षकमा खर्च गरेको स्विकार गर्नुभयो ।
यस बिषयमा बुझ्न खोज्दा तत्कालीन शिक्षा महाशाखा प्रमुख सिताराम कोईराला सम्पर्कमा आउन चाहनु भएन । सो रकम २०७६ साल साउनमा निकासा भएको हो । निकासा भएको रकम शिक्षा महाशाखाले रोक्का गरेको थियो ।
शिक्षा महाशाखाका प्रमुख महेन्द्र प्रसाद पौडेलले यस बिषयमा आँफु पनि ढिला आएका कारण बुझ्न कठिन भएको वताउनुभयो । वढि गएको रकम तत्काल फिर्ता गर्नका लागि गत शुक्रबार महाशाखाले बिद्यालयलाई पत्राचार समेत गरिसकेको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले प्रध्यानाध्यापक रकम फिर्ता गर्न तयार भएको भन्दै खासै समस्या नरहेको बताउनुहुन्छ । गत असारमा रकम बिद्यालयको खातामा गएको थियो । साउन ६ गते महाशाखाले पत्र पठाएर सो रकम रोक्का गरेको थियो ।