
चितवनः नेपाली काँग्रेस चितवनले मंगलबार (भोली) जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । कोरोना संक्रमणको समयमा भएको भ्रष्टाचार, अनियमितता लगाउतका बिषयलाई लिएर ज्ञापनपत्र बुझाउन लागेको काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार भोलि दिउँसो १ वजे ज्ञापनपत्र बुझाउन लागिएको हो । नेपाली काँग्रेसको केन्द्रिय समितिको निर्णय अनुसार ज्ञापनपत्र बुझाउन लागिएको हो । स्थानीय मुद्धाहरुलाई समेत समेटेर ज्ञापनपत्र बुझाउन लागिएको उहाँले जानकारी दिनुभयो । भोली देशभरीकै ७७ जिल्लामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।