चितवनः सर्बसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना संक्रमितहरु र तीनको उपचारमा संंम्लग्नहरुलाई आवत जावत गर्ने प्रबेशद्धार र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेहरुलाई सुरक्षित गर्न छुट्टै स्थानमा संक्रमितलाई राखिएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार संक्रमितलाई अस्पतालको “ए ” व्लकको भूईतलामा पछाडीबाट बाटो खोलेर राखिएको छ । सो स्थानमा जानका लागि स्वास्थ्य कार्यालयको मुल गेट तर्फबाट जाने बाटो प्रयोग गरिएको छ ।
तिवारीले स्वास्थ्य कार्यालयबाट अस्पताल तर्फ जाने बन्द रहेको गेटलाई संञ्चालनमा ल्याईएको जानकारी दिनुभयो । मानिस आवतजावत त्यसै गेटबाट गर्न सुरु गरेको र भूई मिलाएर गाडी समेत आजबाट सञ्चालनमा ल्याईने बताउनुभयो । संक्रमितहरु ल्याउन, लैजान र उपचारमा संम्लग्न चिकित्सक, स्वास्थ्यकर्मी एबं कर्मचारीले सोही बाटो प्रयोग गर्ने छन् । नयाँ प्रबेशद्धारबाट सोझै संक्रमित राखिएको स्थानमा जाने बाटो रहेको छ ।
संक्रमित रहेका क्षेत्रलाई हरियो जालिले घेरेर थप व्यवस्थित गर्न लागिएको तिवारीले बताउनुभयो । हाल संक्रमित राखिएको क्षेत्रलाई पुरै सिल गरिएको छ । त्यहाँ २७ जना संक्रमित रहेका छन् । संक्रमितको उपचारमा संम्लग्नहरुलाई एक होटलमा क्वारेन्टिन वनाएर राखिएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार सो ठाउँमा अहिले २३ जना चितवनका, वर्दघाट सुस्त पूर्बका तीन जना र एक जना कपिलवस्तुका संक्रमित रहेका छन् । अस्पतालले संञ्चालन गरेको कोरोना बिशेष अस्पताल मर्मत सम्भार गर्नुपर्ने भए पछि संक्रमित सबैलाई भरतपुर अस्पताल सारिएको छ ।
अस्पतालको हाडजोर्नी र सर्जरी बिभागका बिरामीलाई स्थानान्तरण गरेर सो ठाउँमा संक्रमित राखिएको हो । पौडेलका अनुसार सो ठाउँमा १० शैयाको सघन उपचार कक्ष सहित ७५ शैयाको आईसोलेसन रहेका छ । सिसि क्यामेरा, ईन्टरनेट, टेलिफोनको ईन्टरकम लगाएतका प्रबिधि जडान गरि उनीहरुको अनुगमन गरिएको छ ।
अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले संक्रमितलाई प्रबेशद्धार देखि उपचार क्षेत्र सम्म अलग गरिएकाले अन्य बिरामीलाई कुनै असर नगर्ने बताउनुभयो । यस अस्पतालमा चितवन सहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । उहाँले सर्बसाधारण जनताको निशुल्क र न्यून शुल्कमा उपचार गर्ने यस अस्पतालमा पाउने सेवालाई सुचारु गरि संक्रमितको समेत उपचार गरिएको बताउनुभयो ।
राजधानीको प्रसुती गृह पछि धेरै बच्चा जन्माउने र उपचार हुने यस अस्पताल संघिय अस्पताल हो । यस अस्पतालले कोभिड १९ प्रयोगशाला समेत संञ्चालन गर्दै आएको छ । कोरोना संक्रमितको उपचार गरि यहीबाट सात जना घर फर्किई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस !