चितवनः कोरोना भाईरस कोभिड १९ को संक्रमणको मुख्य जोखिममा अस्पतालहरु रहेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अस्पतालहरु संक्रमणको जोखिममा रहेका जिल्लाहरुबाट समेत उपचारका लागि आउने भएकाले सो क्षेत्र उच्च जोखीममा रहेको जानकारी दिईएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले अस्पतालमा आएका बिरामीहरुको उपचारका लागि अस्पताल स्वयमले सचेतनाका साथ काम गर्नु पर्ने बताउनुभयो । लकडाउनको मोडलमा भएको परिवर्तन संगै बैंक बित्तिय संस्था, तरकारी बजार, सरकारी कार्यालयहरु वढि जोखिममा रहेको उहाँले जानकारी दिनुभयो । सामाजिक दुरी कायम गर्दै सेवा प्रदान गर्न उहाँले आग्रह गर्नुभयो ।
संक्रमणको जोखिमलाई मध्यनजर गरी स्थानीय प्रशासनले जिल्लामा चल्ने मोटरसाईकलमा समेत जोर बिजोर प्रणाली लागू गरेको उहाँले जानकारी दिनुभयो । जोर नम्वरका निजी सवारी साधनलाई जोर गते र बिजोर नम्बरका सवारीसाधनलाई बिजोर गते सञ्चालन गर्न दिईने भट्टराईले बताउनुभयो । यो नियम मोटरसाईकल समेतमा लागुहुनेछ,भट्टराईले भन्नुभयो ।
नेपाल सरकार मन्त्रीपरिषदको जेठ २८ को निर्णय अनुसार सञ्चालन गर्न पाईने र नपाईने कार्य तथा सेवाहरुका हकमा सोहि अनुसार कार्यान्वयन हुने उहाँले बताउनुभयो । प्रशासनले शैक्षिक संस्था, सबै प्रकारका गोष्ठि सेमिनार, सिनेमा हल, सैलुन, सार्बजनिक पुस्तकालय, सपिङ् मल, यात्रुवाहक सार्वजनिक सवारी साधन (पर्यटक सवारी साधन समेत)लाई हाल सञ्चालन गर्न नपाईने सूचिमा राखेको छ । संञ्चालनमा आउनेहरुमा बिकास आयोजना, निर्माण कार्य, नर्सरी र वनजन्य उद्दम, बिधुत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण , हुलाक सम्बन्धी सेवा रहेका छन् । सरकारी कार्यालहरु बिहान ८ वजे देखि १ वजे सम्म र १ वजे देखि साँझ ६ वजे सम्म दुई चरणमा संञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
बनाईएका मापदण्ड र तिनिहरुको पालना स्वास्थ्य सुरक्षाका हिसाबले जोखिम भएको पाईएमा जुनसुकै समयमा कार्य तथा सेवा रोक लगाईने छ ।

प्रतिक्रिया दिनुहोस !