चितवनः भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालको मर्मत सम्भार गर्नुपर्ने भएपछि त्यहाँका संक्रमितलाई भरतपुर अस्पताल सारिएको छ । कोरोना अस्पतालमा रहेका दुई महिला सहित १७ जनालाई शनिवार साँझ भरतपुर अस्पताल सारिएको हो ।
भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका संक्रमितलाई भरतपुर अस्पताल सारिएको छ । कोरोना अस्पतालको शौचालयहरुमा समस्या देखिएको छ । यसैगरि पंखा लगाएतको मर्मत सम्भार गर्नुपर्ने भए पछि संक्रमित सारिएको हो । कोरोना अस्पतालमा हाल ५ जना रहेका छन् । तीनिहरु मध्ये अधिकांशको १४ दिन पार गरेकाले घरपठाउने तयारी गरिएको छ ।
संक्रमीत भएको ठाउँमा मर्मत सम्भारको काम गर्न नमिल्ने भएकाले संक्रमीत सारिएको हो । सो ठाउँलाई निर्मलीकरण गरेर मर्मत सम्भार पछि संक्रमीत राखिने छ ।
भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार भरतपुर अस्पतालको हाडजोर्नी र सर्जरी बिभागका संक्रमित स्थानान्तरण गरिएको छ । हाडजोर्नीकालाई स्पाईनल र सर्जिकललाई मेडिकल वाडमा सारेर ठाउँ खालि गरिएको छ ।
ती दुई वार्ड र क्याविनमा ६५ जना संक्रमीत राख्न सकीने तिवारीले जानकारी दिनुभयो । अस्पतालले कोभिड १९ का लागि १० शैयाको सघन उपचार कक्ष तयारी अबस्थामा राखेको छ । संक्रमीत अरु थप भएमा बिभागहरु खालि गर्दै लगिने उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा रहेका ९ जना मध्ये दुई जना घर फर्कीदै छन् । त्यहाँ थप १७ जना लगिएको हो । उनीहरुलाई अस्पतालको पछाडी पट्टिबाट छुट्टै बाटो वनाएर सो क्षेत्रलाई सिल गरि व्यवस्थित ढङ्गबाट राखिएको तिवारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !