चितवन: जिल्लामा थप आठ जनामा कोरोना संक्रमण देखिएको छ । माडी नगरपालिकाको क्वारेन्टिनमा रहेका उनीहरुमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज उनीहरुको संक्रमण देखिएको हो । संक्रमितहरु माडी नगरपालिकाको वडा नम्बर १, २, ५,६ र ७ का रहेका छन् । संक्रमित सबै पुरुष हुन । आज एक सय ९७ जनाको नमुना परिक्षण गरिएको थियो ।
यसअघि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । जसमध्ये २ जना निको भएर घर फर्कि सकेका छन् भने एक जना ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !