
चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा एक जना घाईते भएका छन् । मुग्लिनबाट भरतपुर तर्फ आउँदै गरेको ना ८ ख ५२०० नम्बरको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो ।
ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ का३२ वर्षिय बिजय रुम्बा रहनुभएको छ । उहाँ ट्रकको चालक हुनुहुन्छ । ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर जडान गरिएको छ ।
घाईते रुम्बाको अबस्था गम्भिर रहेको र उद्दार गरि उपचारका लागि भरतपुर तर्फ ल्याईएको प्रहरीले जनाएको छ । घटना बिहान ६ः३५ वजे भएको हो