चितवनः यहाँको कोभिड १९ प्रयोगशालाले चितवन सहित आठ जिल्लाको स्वाब परिक्षण गर्दै आएको छ । वागमती प्रदेशको हेटौडामा प्रयोगशाला भए पनि मेडिकल सिटि भएकाले यहाँ पनि प्रयोगशाला संञ्चालनमा ल्याईएको थियो ।
प्रयोगशाला हेर्दै आउनु भएकी डा. नितु अधिकारीका अनुसार आज सम्म आठ जिल्लाका ३ हजार ४ सय २५ स्वाब परिक्षण गरिसकिएको छ । चितवन सहित नवलपुर, मकवानपुर, धादिङ्, नुवाकोट, रुपन्देही, सल्यान र अर्घखाँची जिल्लाबाट परिक्षणका लागि स्वाब पठाउने गरिएको छ । दैनिक २ सय हाराहारी स्वाब परिक्षण गर्ने गरिएको छ ।
अधिकारीका अनुसार अहिले पनि परिक्षणका लागि एक हजार स्वाब रहेका छन् । अहिले भै रहेका स्वाब परिक्षण गर्न पाँच दिन लाग्ने छ । चितवन , धादिङ्, नुवाकोट, नवलपुर, सल्यान र अर्घखाँचीका स्वाब परिक्षण गर्न बाँकी रहेका छन् ।
चैत २१ गतेबाट सञ्चालमा आएको प्रयोगशालामा सात जना प्राबिधिक र तीन जना सहयोगी कार्यरत रहेका छन् । ती प्राबिधिक मध्ये १ जना स्वास्थ्य कार्यालय, २ जना विपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल, २ जना चितवन मेडिकल कलेज र बाँकी भरतपुर अस्पतालका हुन । अधिकारीले भन्नुभयो “थोरै जनशक्तिले धेरै काम गर्नु परेको छ ।” उहाँका अनुसार बिहान ९ वजे कार्यालय पुगेका कर्मचारी कहिले काहीँ भोलिपल्ट ९ वजे सम्म काममानै हुन्छन् ।
नतिजा पोजेटिभ देखिए र स्पष्ट नभएर पुनः परिक्षण गर्नुपर्ने भएमा भोलिपल्ट सम्मनै काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । सामान्य अबस्थामा राती ८÷९ वजे सम्म काम सकीने भए पनि स्पष्ट नतिजा नभएमा पुनः परिक्षण गरेर काम गर्दा मध्यरात र विहानै सम्म लाग्ने गरेको उहाँको भनाई छ ।
भरतपुर महानगरपालिकाको अगुवाईमा भरतपुर कोरोना बिशेष अस्पताल स्थापना संगै प्रयोगशाला संञ्चालनमा ल्याईएको हो । कृषि तथा वन बिज्ञान विश्वबिद्यालयको प्रयोगशालाका सामाग्रीमा उपकरणहरु थप गरि भरतपुर अस्पतालले हेर्ने गरि प्रयोगशाला संञ्चालनमा आएको हो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार राजधानी वाहिरको उत्कृष्ठ प्रयोगशालाको रुपमा यहाँको प्रयोगशालाले काम गरिरहेको छ । बिभिन्न स्वास्थ्य संस्थाका प्राबिधिक जनशक्तिको सहयोग लिएर प्रयोगशाला संञ्चालनमा छ । उनीहरुको चौबीसै घण्टाको मेहनतकै कारण प्रयोगशााला उत्कृष्ठ भएको उहाँले बताउनुभयो । तिवारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको स्विकृत लिएर २ जना टेक्नोलोजीष्ट थप गर्न लागिएको छ ।
भरतपुर अस्पता बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले राजधानी बाहिरको सबै दबाब थेग्न यो प्रयोगशाला सक्षम भएको बताउनुभयो । अहीले सम्म पुनः परिक्षण गर्दा फरक नआएको भन्दै उहाँले गुणस्तरमा पहिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो “उहाँहरुको जुन मिहीनेत छ त्यसलाई म सलाम गर्न चाहान्छु र जसले संकटमा सहयोग गरेको छ ।”
उभिएर पिपिई लगाएर काम गर्न निकै कठिन हुने भन्दै उहाँले चौबीस घण्टा सम्म जो कोहीले खट्न नसक्ने बताउनुभयो ।