
चितवनः कोरोना संक्रमणको प्रकोप वढि रहेको समयमा माडी नगरपालिकाले एक साताका लागि आवतजावत वन्द गरेको छ । नगरपालिकाको कोरोना रोकथाम समन्वय समितिको आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमणको महामारी फैलिएको समयमा आफ्ना जनतालाई आफ्नै नगरमा उपचार गराउनका लागि समेत नगरपालिकाले सघन उपचार कक्ष सहितको आईसोलेसन वाड निर्माण गर्ने निर्णय गरेको हो ।
माडी नगरपालिकामा रहेको वघौडा अस्पतालमा दुई शैयाको सघन उपचार कक्ष निर्माण गरिने भएको छ । नगरपालिकाका सूचना अधिकारी प्रबिण भण्डारीका अनुसार अस्पतालमा आईसोलेसन निर्माणको काम तत्काल सुरु गर्ने र सघन उपचार कक्षका लागि प्रकृया अगाडी वढाउने निर्णय भएको हो ।
नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार अस्पतालमा ३० शैयाको आईसोलेसन वाड तयार गरिने छ । माडी नगरपालिकाको स्वमेश्वर माविमा रहेको क्वारेन्टिनमा बस्ने ६ जनालाई कोरोना भाईरसको संक्रमण देखिए लगत्तै समितिले यस्तो निर्णय गरेको हो ।
सघन उपचार कक्ष सहितको आईसोलेसन वडा वनाउने भरतपुर कोरोना अस्पताल पछि पहिलो स्थानीय तह भएको उहाँले जानकारी दिनुभयो । यस बिषयमा जिल्लामा रहेका अस्पतालहरु संग समन्वय गर्ने प्रकृया सुरु भईसकेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “माडि आवतजावत गर्नेहरुको सम्पर्क बिच्छेद गरेका छौ । आन्तरीक रुपमा समस्या पर्नेहरुलाई सहज वनाउने छौ ।” माडी क्षेत्रमा रहेका औषधि पसल, खाध्यन्न, दुधजन्य उत्पादन र कृषि जन्य सेवा वाहेक सबै सेवा वन्द गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरि बैठकले घर बाहिर अत्यावश्कीय कार्यबाहेक ननिस्कने र निस्कनु परेमा अनिवार्य मास्कको प्रयोग नगरेको पाइए कारबाही गरिने निर्णय समेत गरेको छ । माडीमा रहेका क्वारेन्टिनहरुको न्यूनतम मापदण्ड कायम राखी थप व्यवस्थापन गर्ने निर्णय समेत भएको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो ।