काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले रेलबाट खाँदिएर आएकाले भारतबाट आउने नागरिक ज्यादा संक्रमित भएको बताउनुभएको छ ।
विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले क्वारेन्टिनको प्रबन्ध राम्रो नभएकाले संक्रमण फैलिएको भने इन्कार गर्नुभयो ।
“भारतबाट आएकाहरू रेलमा खाँदिएर, कोचिएर आएकाले बाटैमा संक्रमण फैलिएको हुनसक्छ । यहाँ आएपछि क्वारेन्टिन राम्रो नभएर, लापरबाहीको कारणले होइन । भारतबाट आउनेहरूको व्यवस्था हुन्छ । क्वारेन्टिन मापदण्डअनुकूल भएकोनभएको अनुगमन भइरहेको र सुधार पनि गर्दै लगिएको छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !