चितवनः कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट मृत्यु भएका भरतपुर महानगरपालिका वडा नम्बर ११ का बृद्धको शब नेपाली सेनाको कालिवहादुर गणले व्यवस्थापन गरेको छ । सोमबार कोरोना पुष्टि भई आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ६८ वर्षिय वृद्धाको शब भरतपुर महानगरपालिका वडा नम्बर १ बागेश्वरी वन क्षेत्रमा व्यवस्थापन गरिएको हो ।
नारायणी नदी नजिकै खाल्डो खनेर शब व्यवस्थापन गरिएको हो । शब व्यवस्थापन अघि मृतकका परिवारले आफ्नो धार्मीक परम्परा अनुसार पुजा आजा गरेका थिए । उनीहरु गुरुङ समुदायका हुन । सो पश्चात जेसिबिले खनेको खाल्डोमा शवलाई राखि पुरिएको थियो ।
नेपाली सेनाले शवलाई भरतपुर अस्पतालबाट शववाहनमा राखेर लगेको थियो । कोरोना संक्रमण देखिनु अघि मुटुको समस्याका कारण नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका मृतक गुरुङलाई पछि निमोनिया भई कोरोना संक्रमण देखिएको थियो ।
फोटो फिचर