चितवनः जिल्ला प्रशासनका कार्यालय चितवनका प्रमुख सहित कर्मचारीहरु कोरोना भाईरसको संक्रमणको उच्च जोखिममा देखिएका छन् । सोमबार संक्रमण देखिएका एक चिकित्सक २३ गते अनुमति पत्र लिन पुगेका एक जना चिकित्सकमा कोरोना देखिए पछि त्यहाँ कार्यरत कर्मचारीहरु जोखिममा देखिएका हुन ।
जल्ला प्रशासन कार्यालय चितवनबाट अनमती पत्र लिएर काठमाडौं गएका चिकित्सकमा कोरोना संक्रमण देखिए छ । सो संगै प्रमुख जिल्ला अधिकारी सहित कर्मचारीहरु संक्रमणको जोखिममा परेका हुन । नियमीत रुपमा सेवाग्राहीको चाप वढेपछि संक्रमणको जोखिममा पहिले देखिनै रहेको यस कार्यालय यतिखेर उच्च जोखिममा देखिएको हो । यस संगै प्रशासनमा आज हुने भनिएको एक वैठक स्थगन गरिएको छ भने अत्यावश्यक बाहेकका काम रोकीएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंम्खडाका अनुसार ती चिकित्सकले यहि जेठ २३ गते प्रशासनमा आँफै पुगेर अनुमती पत्र लिएका थिए । सो क्रममा प्रत्यक्ष रुपमा सहायक प्रमुख जिल्ला अधिकारी, टाईपिस्ट, स्थानिय प्रशासनका कर्मचारी, र हस्ताक्षर गर्ने अधिकृतसंग उनको भेट भएको थियो । यस संगै ती कर्मचारीसंग प्रशासनका प्रमुख जिल्ला अधिकारी सहितका सबै कर्मचारीसंग प्रत्यक्ष काम हुने भएकाले सबै जोखिममा देखिएको सिंम्खडाले बताउनुभयो ।
यस संगै आज विहान ११ वजे राखिएको कोरोना प्रतिकार्य केन्द्रीत बिपदको वैठक स्थगन गरिएको छ । यस्तै मृत्यु संस्कारण र बिदेश जानेका लागि अनमती पत्र दिने वाहेकको सेवा ग्राहीको काम आज रोकिएको उहाँले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार ती चिकित्सकलाई जेठ २० र २१ गते फर्काइएकोमा २३ गते भने अनुमती पत्र दिईएको थियो । सोही दिन उनले भरतपुर अस्पतालमा श्वाव तानेर काठमाडौं गएका थिए । सोमबार स्वाबका नतिजा पोजेटिभ आएको थियो । तत्काल प्रजिअ सहितका कर्मचारीको स्वाब परिक्षण गर्दा कुनै नतिजा नआउने भएकाले के गर्ने भन्ने विषयमा छलफल भैरहेको जनाईएको छ । उहाँले भन्नुभयो “हामी पनि संक्रमणको जोखिममा भएको देखियो । अव के गर्ने भन्ने बारे छलफलफ हुँदैछ ।”

प्रतिक्रिया दिनुहोस !