चितवनः चितवनमा पहिलो पटक कोरोनाका कारण मृत्यु भएका एक पुरुषको शव धार्मीक परम्परा अनुसार व्यवस्थापन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले मृत्यु भएको पहिलो व्यक्ति भएकाले पारिवारीक धार्मीक परम्परा अनुसार दाहशंस्कार गरिने बताउनुभयो ।
शुक्रबार स्वाब परिक्षणका लागि पठाईएकोमा सोमबार नतिजा आएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ कोलटाँडीका गुरुङ् समुदायका ती व्यक्ति ६८ बर्षिय रहेकाछन् । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सो शबको व्यवस्थापन नेपाली सेनाले गर्ने जानकारी दिनुभयो ।
परिवारको परम्परा अनुसार परिवारलाई केही पर राखेर दाहशंस्कार गरिने छ । यस विषयमा नेपाली सेनालाई जिम्मा दिईएको छ । सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परिक्षण गरिएका ३ सय १० जना मध्ये ३० जनामा कोरोना संक्रमण देखिएको थियो । ती मध्ये २४ जनाले चितवनका बिभिन्न ठाउँबाट स्वाब संकलन गराएका थिए ।