चितवनः जिल्लामा गरिएको कोरोना परिक्षणका क्रममा दुई जना चिकित्सक सहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा जिल्लाको बिभिन्न स्थानबाट ल्याईएको स्वाब परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार भरतपुरमा रहेको एक निजि अस्पतालका फिजिसिनमा कोरोना देखिएको हो । सोही अस्पतालमा कार्यरत एक स्टाफ नर्समा समेत कोरोना देखिएको छ । अन्यको परिक्षण भईरहेको छ । थपिन सक्ने स्रोतले जनाएको छ । थप बिबरण भरतपुर अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरि जनाउने भएको छ ।
अहिले जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनबाट ल्याईएको स्वाब परिक्षण गरिएको हो । आज ल्याईएर परिक्षण गरिएका सबै स्वाब भारतबाट नेपाल फर्किएकाहरु हुन । आज चितवन सहित धादिङ, अर्घाखाँची, नवलपुर लगाएतका जिल्लाबाट नमुना संकलन गरि ल्याईएको थियो । संक्रमण भेटिनेमा चितवनका १७ जना रहेका छन् भने अन्य तीन जना नवलपुरका रहेका छन् । चितवनमा संक्रमित भेटिनेमा माडी नगरपालिकाको क्वारेन्टिनमा बसेका ६ जना, भरतपुर महानगरको क्वारेन्टिनमा बसेका ४ जना , नारायणी सामुदायीक अस्पतालका चार जना, पुरानो मेडिकल कलेजका २ जना र क्यान्सर अस्पतालका १ जना रहेका छन् ।