चितवनः भरतपुर कोरोना अस्पतालमा भएको चोरीको घटनालाई लिएर किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका जनप्रतिनिधिहरुको जाहेरी आज दर्ता भएन । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङ् कार्यालयमा नभएका कारण उजुरी दर्ता हुन नपाएको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले चोरीको घटनालाई सामान्य रुपमा लिएको भन्दै काँग्रेस नकट जनप्रतिनिधिहरु किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनीहरुले सुरुवाती समयमा लगेको ठाढो उजुरी दर्ता नगर्ने भनेपछि किट्टानी जाहेरी लिएर कार्यालय पुगेका हुन । उपप्रमुख सहित वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरु पुग्दा कार्यालय प्रमुखहरु नभए पछि सोमबार बिहान मुद्धा दर्ता गर्ने आश्वासन संगै फर्कीएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीले महानगरले चोरीको विषमा रहेर कुनै कदम नचालेकाले प्रहरीकोमा जाहेरी ल्याएको बताउनुभयो । दोशीलाई उन्मुक्ति दिन नहुने भन्दै उहाँले प्रहरीबाट कारवाही हुने बिश्वास व्यक्त गर्नुभयो ।
आजको घटनलाई लिएर काँग्रेस चितवनका सचिब उत्तम जोशीले प्रहरीले सबैलाई समान रुपले व्यवहार गर्नु पर्ने भन्दै जाहेरी दर्ता गर्नुपर्ने बताउनुभयो । सर्बसाधारण जनताको चासोको बिषय भएका कारण काँग्रेस चितवनले दोशीलाई कावाही प्रहरीले गर्ग भन्ने पूर्ण बिश्वाश रहेको वताउनु भयो ।