चितवनः भरतपुर कोरोना अस्थाई अस्पतालको चोरीको घटनामा संलग्नलाई कारवाहीका लागि काँग्रेसका जनप्रतिनिधिहरु उजुरी दर्ता गराउने भएका छन् । भरतपुर महानगरपालिकाका नेपाली कांग्रेस सम्बद्ध जनप्रतिनिधिहरुले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको जिन्सी अपचलन (चोरी)काण्डमा मुछिएका कर्मचारीहरुलाई कारबाही गर्न माग गर्दै उजुरी दिने तयारी गरेका हुन । घटनामा संलग्न कर्मचारीहरुलाई निलम्बन गर्न माग गर्दै आएका महानगरका उपमेयर तथा वडाध्यक्षहरुले मेयरले कारबाहीको विषयमा चासो नदेखाएको भन्दै प्रहरी कार्यालयमा उजुरी दर्ता गर्ने निर्णय गरेका छन् ।
शनिबार महानगरपालिका उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यहरुको भेलाले उक्त घटनामा मुछिएका तीन जनालाई कारबाही गर्न माग गर्दै भोली जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने निर्णय गरेको वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीले बताउनुभयो । “हामीले घटनामा मुछिएकालाई तत्कालै निलम्बन गरेर अनुसन्धानको माग गरौं भनेर धेरै पटक मेयरलाई अनुरोध ग¥यौं”, अधिकारीले भने, “तर महानगरपालिकाले यस विषयलाई प्राथमिकतामा राख्नै चाहेन ।” वार्ताबाट समस्या समाधान गरौं भनेर लामो समयसम्म प्रयास गर्दा पनि वेवास्ता गरिएपछि महानगरको ईज्जत जोगाउन चोरीमा मुछिएका लाई कारबाही गर्न आफैले उजुरी दिने निर्णयमा पुगेको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !