चितवन :  भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा नमूना परीक्षण गरिएका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु तीनै जना नवलपुरका हुन् ।  भरतपुर अस्पतालका अनुसार नवलपुरको विनयत्रिवेणी-४ बस्ने १८ र २७ वर्षका पुरुष तथा विनयत्रिवेणी-३ बस्ने १९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बस्दै आएका छन् । अस्पतालका अनुसार भरतपुरमा पछिल्लोपटक परीक्षण गरिएका १७४ वटा नमूनामध्ये १ सय ७१ वटाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस !