चितवनः जिल्लामा रहेका बिभिन्न बिद्यार्थी संगठनहरुले बिभिन्न चार वुद्दे मागहरु राख्दै बिभिन्न निकायलाई ज्ञापन पत्र बुझाएका छन्। नेपाल बिध्यार्थी संघ, समाजबादी बिद्यार्थी युनियन, बिप्लब निकट अखिल (क्रान्तिकारी) र बैध निकट अखिल (क्रान्तिकारी)ले बिद्यालयमा भएको सिण्डीकेट अन्त्य र असार १ गते देखिको भर्ना प्रकृया रोक्न मागगर्दै जिल्ला प्रशासन कार्यालय, शिक्षा समन्वय ईकाई र महानगरको शिक्षा महाशाखामा ज्ञापनपत्र बुझाएका हुन ।
उनीहरुले जिल्लामा देखिएको बिद्यार्थीलाई लगाईने सम्पूर्ण शैक्षिक सामाग्री, पोशाक र यातायातको सिण्डीकेट खरेज गरिनु पर्ने, शिक्षा मन्त्रालयको निर्देशन अनुसार असार १ गते देखि हुन लागेको भर्ना ्िरकृया तत्कालका लागि स्थगित गरिनु पर्ने लगाएतका माग सहित ज्ञापनपत्र बुझाएका हुन ।
बिद्यालयले गरेको सिण्डीकेटका कारण अभिभावकहरु मर्कामा पर्ने गरेको नेबिसंघ चितवनका उपाध्यक्ष अनमोल अधिकारीले जानकारी दिनुभयो । बिद्यालयले कमिसनको खेलमा एक ठाउँबाट मात्रै पोसा र पाठ्यासामाग्री खरिद गर्न लगाउने गरेको उहाँको आरोप छ । सरकारले कोरोना संक्रमणको समयमा समेत शैक्षिक माफियाहरु संगको मिलेमोतोमा बिद्यालय खोल्न लागेको भन्दै उहाँले त्यस प्रति पनि आँफुहरुको ध्यानाकर्षण भएको वताउनुभयो । त्रापनपत्र बुझाउँदै उहाँले भर्ना प्रकृया संगै जिल्लामा देखिएको सिण्डीकेट नरोकिए आँफुहरु आन्दोलनमा उत्रने उहाँले चेतावनी दिनुभयो ।