चितवनः जिल्लाका स्थानीय तहहरुले संञ्चालन गरेका क्वारेन्टिनबाट स्वाब संकलन सुरु गरिएको छ । ती तहहरुमा कन्ट्याक्ट टे«सिङ, केस ईन्भेष्टिकेसन टिम रहेका छन् । उनीहरुलेनै तालिम पाए पछि स्वाब संकलन गर्न सुरु गरेका हुन ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार महानगरपालिकामा पाँचवटा, नगरपालिकामा २ वटा र गाउँपालिकामा एउटा गरि १६ वटा टिम कार्यक्षेत्रमा छ । सो टिमलाई तालिम दिएर स्वाब संकलन गर्न लगाईएको हो । उनीहरुले नै क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य अबस्थाको अनुगमन गर्ने, संक्रमण देखिएमा सम्पर्क व्यक्ति पहिचान गर्ने जस्ता काम गर्ने छन् ।

तिवारीका अनुसार जिल्लाका सात वटा स्थानीय तहका सबै वडाहरुलाई पायक पर्ने गरि क्वारेन्टिन बनिसकेका छन् । ती स्थानीय तहमा ९८ वटा वडा रहेका छन् । आँफ्नो वडाको बासिन्दालाई आँफैले राख्ने गरि वडा कार्यालयहरुले क्वारेन्टिन व्यवस्थापन गरेका हुन । कतिपय वडाहरुले मिलेर क्वारेन्टिन व्यवस्थापन गरेका छन् । माडी नगरपालिकामा भने वडा संख्या भन्दा तीन वटा वढि क्वारेन्टिन रहेका छन् ।

हाल क्वारेन्टिनमा ९ सय २ जना रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालहरुमा रहेका कोरोना संक्रमणको आशंका गरेकाहरुको स्वाब संकलन सम्बन्धित अस्पतालहरुले गरेका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले स्थानीय रुपमा रहेका क्वारेन्टिनहरुमा स्वाब संकलन गरिने भएकाले त्यहाँबाट अस्पतालमा पठाएकाहरुलाई फिर्ता गर्न थालिएको बताउनुभयो ।

भरतपुर कोरोना अस्पतालमा स्वाब संकलन गर्ने काम वन्द गरिएको छ । अस्पतालहरुको स्वाब संकलनको व्यवस्थापन भरतपुर अस्पतालका प्रमुख र क्वारेन्टिनको स्वाब संकलनको व्यवस्थापनको जिम्मा स्वास्थ्य कार्यालय प्रमुखलाई दिईएको छ । स्वास्थ्य संगठनले तयार गरेको निर्देशीका अनुसार मात्र स्वाब संकलन गरिएको भरतपुर अस्पतालका प्रमुख तिवारीले जानकारी दिनुभयो ।

क्वारेन्टिनको सोही ठाउँमा र अस्पतालमा भर्ना भएर आबश्यक हुनेको अस्पतालबाटै स्वाब संकलन हुने भएकाले सम्बन्धित व्यक्तिले तोकिएको ठाउँबाट मात्र स्वाब संकलन गराउनु पर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !