चितवनः चितवन मेडिकल कलेजले एक महिनादेखि उपचाररत कालिका नगरपालिका वडा नं. १० सिद्धिकी ८ वर्षिया सदीक्षा चेपाङको उपचार निल्शुल्क गरेको छ ।

अस्पतालका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेका अनुसार रु १ लाख ८३ हजार बराबरको खर्च निःशुल्क गरिएको हो । अस्पतालले उपचार खर्च निःशुल्क गरि बुधबार उनलाई डिस्चार्ज गरेको छ । न्यौपानेले निमोनियाको समस्या भएको ती बालिकालाई आर्थिक अभाव भएको भन्दै अन्य अस्पतालले भर्ना नलिए पछि चितवन मेडिकल कलेजमा ल्याईएको थियो ।

गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष एबं अभियान्ता केपि किरण शर्माका अनुसार ती बालिकाको परिवारको वर्षमा दुई महिना मात्र खान पुग्ने अन्न उव्जने गर्दछ । १२ दिन अघि अर्को बच्चा पनि जन्मिएको भन्दै परिवारको आर्थिक अबस्था दयनीय रहेको उहाँले बताउनुभयो ।

बाहिर फार्मेसीमा औषधि खरिद गरेको भूक्तानी अझै गर्न नसकीएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !