काठमाडौंः लकडाउनको मोडल तयार पार्न वसेको मन्त्री परिषदको बैठकले मोडलको बिषयमा टुङ्गो लगाउन सकेन । सरकारले लकडाउनको मोडालिटी आइतबारमात्रै तय गर्ने भएको छ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरोकारवालासँग छलफल जारी राखेकाले मोडालिटी तय गर्न ढिलाइ भएको एक मन्त्रीले बताउनुभयो ।
“लकडाउनको मोडालिटी आइतबारमात्रै तय भयो । विज्ञ र सरोकारवालासँग छलफल गरेर सुझाव एकीकृत गरेपछि मात्रै त्यसबारे टुङ्गो लाग्छ,” एक मन्त्रीले जानकारी दिनुभयो ।
उच्चस्तरीय समन्वय समितिले बिहीबार पनि शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारावालासँग परामर्श गरेको थियो । बैठकमा प्याब्सन, एनप्याब्सन, हिसानलगायतका प्रतिनिधि थिए ।