
चितवनः नेपाल बिद्यार्थी संघ कृषि तथा वन बिज्ञान विश्वबिद्यालय समन्वय समिति रामपुले लामो समय सम्म बिश्वबिद्यालयमा उपकुलपती र रजिष्टार नियुक्त नहुनु दुःद रहेको जनाएको छ । समितिका सभापति मन्दिप पोखरेलले एक बिज्ञप्ति जारी गर्दै बिश्वबिद्यालय प्रति सरकार उदाशिन वनेको आरोप लगाउनुभयो ।
अज बिश्वबिद्यालयमा उपकुलपति र रजिष्टार नियुक्त भईसक्दा पनि एक मात्र प्राबिधिक विश्वबिद्यालयमा नियुक्त नहुनुले सरकारको चरित्र उदाङ्ग भएको छ बिज्ञप्तिमा भनिएको छ । यसले गर्दा कृषि तथा वन बिज्ञान विश्वबिद्यालयको भबिश्य अन्योलमा परेको नेबिसंघको ठहर रहेको छ ।
बिज्ञप्तिमा बिश्वबिदालयको कायममुकायम उपकुलपतिले कानुनको अपव्याख्य गदै सिनियरको हिसाबामा डिन छनोट गर्नु पर्नेमा सत्ताको आडमा म¥यादाक्रम बिर्सियर कायम मुकायम डिन नियुक्त गरेको भन्दै बिरोध जनाईएको छ । पछिल्लो समयमा कायम मुकायम उपकुलपतिले गरेको गैरजिम्मेवार निर्णय प्रति नेबिसंघलाई मान्य नहुने पोखरेलद्धारा जारी बिज्ञप्तिमा जनाईएको छ ।
पछिल्लो समयमा विश्वविद्यालयमा अख्तियार छापा मारेको भन्ने बुझिएकाले यस बिगायमा समेत स्पष्ट पार्न नेबिसंघले माग गरेको छ । लकडाउनको समयमा विश्वविद्यालयले अनलाईन कक्षा संञ्चालन गरेकोमा बिधार्थीहरुले स्वागत गरेको भए पनि इन्टरनेटको पहुचमा नभएका बिद्यार्थीहरुको भबिश्यबारे सोच्न विश्वविधालयलाई नेबिसंघले आग्रह समेत गरेको छ ।
बिज्ञप्ति……………