काठमाडौंः सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो ।

उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो ।

पन्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !