काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् । हेमोरेजिक स्ट्रोक (मष्तिष्कघात) भएपछि गत जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचाररत थिए ।

उहाँले जेठ १५ गते स्वाब परीक्षण गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा सिफ्ट गरिएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा रहेका उनको बुधबार बिहान निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका हुन् ।

कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ९ पुगेको छ । देशरभ कोरोना संक्रमितको संख्या दुई हजार ३०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !