चितवनः युवा व्यवसायी तथा समाजसेवी वुद्धिकान्त न्यौपानेले भरतपुर महानगरपालिका वडा नम्बर ८ को सडक मर्मत गर्नु भएको छ । उहाँले आफ्नै लगानीमा महानगरपालिका वडा नम्बर ८ को काँडाघारी चोक देखि सल्यानीचोक जाने बाटोको मर्मत गर्नु भएको हो । खाल्डा खुल्डीका कारण जिर्ण अबस्था रहेको करीब चार सय मिटर सडक मर्मत गरिएको उहाँले जानकारी दिनुभयो ।
सडक जिर्ण हुँदा स्थानीयले शास्ति वेहोर्नु परेको थियो । मर्मत भए संगै सथानीय खुशि भएका छन् ।

प्रतिक्रिया दिनुहोस !