चितवनः नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहका जिल्ला सेक्रेटरीले पार्टी परित्याग गरेका छन् । जिल्ला सेक्रेटरी दुर्गा सुवेदीले आज साँझ भरतपुरमा पत्रकार सम्मेलनको आयोजन गरि पार्टी परित्याग गरेको जानकारी दिनुभएको हो ।
वि. सं.२०५४साल देखि राजनीती गर्दै आउनुभएका उहाँले आजबाट आँफु स्वतन्त्र नागरिक भएको जानकारी दिनुभयो । मान्छेको व्यक्तिगत चाहना अनुसार आफ्नो बिचार राख्नका लागि पार्टी आबश्यक भए पनि पारिवारीक कारणले पार्टी परित्याग गरेको उहाँले जानकारी दिनुभयो ।
सुवेदीलाई प्रहरीले वैशाख २३ गते आफ्नै निवासबाट पक्राउ गरेको थियो । पक्राउ पछि सुवेदीलाई प्रहरीले राज्यबिरुद्धको अपराधमा मुद्धा दर्ता गराएको थियो । सर्बोच्च अदालतले वन्दी प्रत्यक्षीकरण मुद्धामा सुवेदीलाई ततकाल रिहा गर्न आदेश जारी गरे पछि उहाँलाई आज प्रहरीले छाडेको थियो । प्रहरीको नियन्त्रणबाट मुक्त भए संगै उहाँले पत्रकार सम्मेलन गरी आँफुले पार्टी परित्याग गरेको जानाकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !