चितवनः जिल्ला समन्वय समिति चितवनले तीन महिना अघिनै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटीएको नेपालको नक्सा कार्यालयमा राखेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयले ती क्षेत्र समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा हाल राजपत्रमा प्रकाशन गरेको छ ।
देशभरका सबै कार्यालयहरुमा अहिले राख्न सुरु गरिएको नयाँ नक्सा जिल्ला समन्वय समिति चितवनले तीन महिना पहिलेनै राखेको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको कार्यकक्ष छिर्ने ढोका माथि नक्सा झुण्डाएर राखिएको छ । प्रमुख डल्लाकोटीले भन्नुभयो “तीन महिना अघि रु ५ सयमा नक्सा किनेर कार्यालयमा राखेको हो ।” सो क्षेत्र नेपालकै भएकाले ती ठाउँ समेटएको नक्सा नै कार्यालयमा राखेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !