चितवनः गैंडाकोट नगरपालिकामा छिमेकी मुलुक भारतबाट आएका ४१ जना नगरवासीहरु क्वारेन्टिनमा रहेका छन् । कोरोना संक्रमणका कारण रोजगारीका शिलशिलामा बिदेश गएकाहरु फर्कन थाले संगै आएकाहरुलाई क्वारेन्टिनमा राख्न सुरु गरिएको हो ।
नगरपालिका भित्र रहेका पाँच वटा बिद्यालय र एउटा कभर्डहलमा क्वारेन्टिन वनाईएको छ । ती क्वारेन्टिनमा उनीहरुलाई राखिएको नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार नगरपालिकाको कार्यपालिका बैठकले क्वारेन्टिन ब्यवस्थापन समितिले गठन गरि क्वारेन्टिन निमार्ण गरिएको हो ।
नेपाल राष्ट्रिय शम्सेर आर्दश मावि, एसपीएम कलेज, नारायणी मावि, मुकुन्दशेन कर्भडहल भेडाबारी, जनशक्ती आधारभुत विद्यालय र लक्ष्मी मावि अमरापुरीलाई क्वारेन्टिनको रुपमा सञ्चालन गरिएको पौडेलले बताउनुभयो । निर्माण गरिएका सवै क्वारेन्टिनमा २०–२० जना राख्न सक्ने क्षमता रहेको छ ।
विभिन्न विद्यालयहरुमा सञ्चालन गरिने क्वारेन्टिनको क्षमताले धान्न नसकेमा होटलमा राख्नका लागि छलफल सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो । रोजगारीका शिलशिलामा विदेशमा रहेका नगरवासी फर्कने क्रम सुरु भएपछि उनीहरुको व्यवस्थापनका लागि व्यवसायीहरुसंग छलफल थालिएको उहाँको भनाई छ ।
यसैविच नगरपालिकाले भारतबाट सीमानामा आएर अलपत्र परेका नगरवासीहरुलाई उद्धार गरिरहेको छ । उद्धारका लागि नगरपालिकाले सवारी साधन पठाउने गरेको छ । सिमानामा आएर अलपत्र परेका नगरबासीलाई सम्पर्कमा आउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !