चितवनः नेपाल बिद्यार्थी संघ हरेक समयको संकटमा देखि बिपत्तिमा सम्म संगै हुने गरेको छ । यसै क्रममा नेबिसंघ बिरेन्द्र बहुमुखि क्याम्पससले कोरोना संक्रमणको त्रासको यस समयमा आज खुल्ला रक्तदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रममा सम्पन्न गरेको छ ।
गणतन्त्र दिवसको अबसरमा क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा ५७ जनाले रक्तादान गरेको क्याम्पस ईकाई समितिका अध्यक्ष अनमोल अधिकारीले जानकारी दिनुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संबिधान सभा सदस्य रामकृष्ण घिमिरे, काँग्रेसका जिल्ला उपसभापति बिकास कोईराला, कोषाध्यक्ष शंकर कडेंल, जिल्ला सहसचिबहरु सूर्य अर्याल, राजक कार्की, नेबिसंघ चितवनका अध्यक्ष सूर्य ढकाल लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल बिद्र्याी संघ हरेक संकटमा जनताको घरघरमा हुन आबश्यक रहेको बताएका थिए ।