चितवनः संयुक्त एम्बुलेन्स चालक संघ नेपालले एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मी सरह सुविधा उपलब्ध नगराए सेवा वन्द गर्ने जनाएको छ । संघले एक बिज्ञप्ति जारी गर्दै पाँच बुद्धे मागहरु राख्दै ती माग पुरा नभए सेवा वन्द गर्ने जनाएको हो ।
कोरोना भाईरसको जोखिममा सबैभन्दा वढि एम्बुलेन्स चालकहरु रहेको भन्दै संघले एम्बुलेन्स चालकहरुको स्वास्थ्यकर्मी सरह स्वास्थ्य बीमा तथा अन्य सेवा सुबिधा उपलब्ध गराउन र कारोना परिक्षणको माग गरेको हो ।
संघका केन्द्रीय अध्यक्ष नवराज लामिछाने र महासचिव मुक्ति काफ्लेले विज्ञप्ती जारी गर्दै अधिकांश चालकहरु कोरोना भाइरसको जोखिममा रहेको, धेरैले सामान्य सुरक्षा सामग्री पनि नपाएको, राज्यबाट पाउने भनिएका सामग्रीपनि बाटैबाट हराएको, एक पटक किनेको मास्कलाई धोएर पटक–पटक प्रयोग गर्न बाध्य भएको, एम्बुलेन्स चालकहरु माथि सामाजिक दूव्र्यवहार बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
बिज्ञप्तिमा विदेशबाट आएका व्यक्तिलाई ओसार्ने साधानको रुपमा जवर्जस्ति प्रयोग नगराउन पनि माग गरिएको छ । संघले आफ्ना माग पुरा नभए कामलाई निरन्तरता दिन नसक्ने जनाएको छ । आँफुहरु पनि आम नागरिक जस्तै भएको र जोखिममा काम गर्दा संक्रमण हुन सक्ने भन्दै स्वास्थ्य कर्मी सरह सेवा सुबिधा प्राप्त नभए सेवा बन्द गर्न बाध्य हुने बिज्ञप्तिमा जनाईएको छ ।
नेपालमा चार हजार पाँच सय एम्बुलेन्स छन् । ती मध्ये सबैभन्दा वढि २÷२ सय हाराहारी काठमाडौं र झापामा छन् । त्यस पछिको वढि मोरङ् र चितवनमा रहेको एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष लामिछाने बताउनुभयो । केही वाहेक अधिकांश कार्यक्षेत्रमा छन् ।
बिज्ञप्तिः