चितवनः कारागार कार्यालय भरतपुरमा कैदी जीवन बिताई रहेका ६ जनाले आममाफि पाएका छन् । कार्यालयलका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार तीन जना ज्यानमार्ने उद्योग, एक जना सवारी ज्यान, एक जना कर्तव्य ज्यान, एक जना सरकारी कागजात कर्ते गर्ने रहेका छन् ।
मन्त्री परिषदले सिफारीस गरेर उनीहरुले राष्ट्रपति मार्फत ५० प्रतिशत सम्म कैद माफि मिनाह पाएका हुन । ५० प्रतिशत कैद भूक्तान गररेका उनीहरुको गणतन्त्र दिवसका अवसरमा बाँकी कैद मिनाह भई आम माफि पाएका हुन । सरकारले हरेक वर्ष महत्वपूर्ण दिवसहरुमा कैदीहरुलाई आम माफि दिदै आएको छ ।
कार्यालयमा हाल पुरुष ६ सय ८०, महिला ५८ गरि ७ सय ३८ र आश्रीत बालिका ३ जना रहेका छन् । कारागारको क्षमता पुरुष २ सय ५५ र महिला २५ जनाको रहेको छ ।