चितवनः जिल्लामा रहेका निजी अस्पतालहरुले बिरामी र बिरामीको परिवार संगबाट लुट धन्दा चलाएको पाईएको छ । कोरोना संक्रमणको त्रासका कारण यतिवेला आपतकालिन अबस्थामा बाहेक मान्छे अस्पताल आउन चाहादैन । त्यसैको मौका उठाएर यहाँ रहेका निजी अस्पतालहरुले चिकित्सकलाई अस्पतालले दिनु पर्ने साधन समेत बिरामीका आफन्तहरुबाट किन्न लगाएको पाईएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुर निवासि ७५ वर्षिय वृद्ध युवराज चापागाईलाई चितवन मेडिकल कलेजले चिकित्सक र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षाका साधनहरु समेत किन्न लगाएको पाईएको छ । अस्पतालले सामान किन्न लगाए पछि सो सामान एक सेट मात्रै पाईयो भन्दै बिरामी र उनका परिवार आएका थिए । त्यस पछि उनको शल्याक्रियको काम सुरु गरिएको परिवारले जनाएको छ । चिकित्सक र स्वास्थ्य कर्मीलाई अस्पताल आँफैले व्यक्तिगत सुरक्षाका साधन उपलव्ध गराउनु पर्ने हो । तर त्यसो नगरि बिरामीलाई किन्न लगाउनु कतिको जाहेज हो ।
यस विषयमा उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले समेत चासो देखाएको पाईन्छ । अस्पतालमा उपचार गर्न आएको बिरामलाई मेडिकल कलेजले तीन हजार पाँच सय पर्ने सामान खरिद गर्न लगाउने गरेको हो । एउटा बिरामी सग दुईवटा पिपिई खरिद गर्न लगाउनु त्यो पनि कतिको चित्त वुझ्दो कुरा होला । अस्पतालले पिपिई सेट किन्न लगाएको भन्ने विषयमा बाहिर आउने जानकारी पाए पछि पुनः परिक्षणका क्रममा जाने समयमा ती आबश्यक कागजपत्र समेत अस्पतालले नै राखेको परिवारले जनाएको छ । यस विषयमा अस्पतालका अधिकारीहरु संग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार अस्पतालहरुले चिकित्सक र स्वास्थ्यकमीहरुका लागि आँफै पिपईको व्यवस्था गर्नुपर्ने बताउनुभयो । बिरामीलाई किन्न लगाउनु कालो वजारी र ठगि हने भन्दै उहाँले लिखित उजुरी परे पछि कारवाही प्रकृया सुरुरु हुने बताउनुभयो ।
स्वास्थ्यमा लापरवाही
भरतपुर महानगरपालिका वडा नम्बर ४ का ईन्द्रमणी गैरे चितवन मेडिकल कलेजले जनमानसको स्वास्थ्यमा खासै ध्यान दिन नसकेको बताउनुभयो । बाहीर देखाउनका लागि मात्र हेल्थ क्याम्प राखिएको भए पनि सेवाग्राीका लागि सेनीटाईजर, ज्वरो नाप्ने जस्ता सामान्य काम समेत नभएको उहाँले बताउनुभयो ।