चितवनः पछिल्लो समय भारतीय सिमा ठोरीमा एक जना जनप्रतिनिधि कुर्लीदैं गरेको भिडियो सामाजीक सञ्जलामा भाईरल बन्यो । ती व्यक्ति हुनुहुन्थ्यो माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल ।
माडी घर भै भारतमा रहेका आफ्ना नगरवासी लिन ठोरी पुग्नुभएका ढकाललाई त्यहाँ आइपुगेका नेपाली प्रबेश गर्न नेपालकै शशस्त्र प्रहरीले रोकेपछि उहाँ कुर्लनुभएको हो । तत्काल नेपालीले प्रबेश पाएनन् तर पछि उहाँकै पहलमा पटक पटक गरेर २४ जना नगरवासी माडी सम्म आईपुगेका छन् । ढकाल उनीहरु लिन वस लिएर सिमामा पुग्नु भएको थियो ।
ढकालका अनुसार ती २४ जना मध्ये सोमबार १५ जना र अगिल्लो साता ९ जना ल्याएर क्वारिन्टाइनमा राखिएको छ । उहाँ आँफैले दुई वटा वस लिएर दुई दिन अघि सुनवलवाट ६५ जनालाई माडी ल्याएर क्वारिन्टाइनमा राखेको जानकारी दिनुभयो । झापा र नेपालगञ्जबाट भरतपुुर आएर वसेका पाँच जनालाई पनि आफ्नै नगरपालिकाको क्वारिन्टाइनमा लगेर राखिएको छ । ढकालको नेतृत्वमा अहिले सम्म ९४ जना भारतीय बिभिन्न क्षेत्रबाट नेपाली माडी ल्याई सकिएको छ । तीमध्ये धेरै भारतको मुम्बइका रहेको उहाँले जानकारी दिनुभयो ।
कोरोना संक्रमण सुरु भए संगै माडी नगरपालिकाले आफ्नो गतिबिधि तिब्र पारेको छ । जिल्ला विपद व्यवस्थापन समितिले एउटा वडामा कम्तीमा एउटा क्वारिन्टाइन निर्माण गर्नु भने अनुरुप माडीमा ९ वटा वडामा १२ वटा क्वारिन्टाइन वनिसकेको छ ।
ढकालका अनुसार आज पनि वडा अध्यक्षको नेतृत्वमा भारतमा रहेका नागरीक लिन एउटा वस पठाईएको छ । हाल सम्म त्यहाँबाट २७ जनाले नाम टिपाएको भए पनि यो संख्या थपिने उहाँको भनाई छ । माडी नगरपालिकाको क्वारिन्टाइनमा वसेकाहरुलाई त्यही खाना र आवासको व्यवस्था गरिएको छ । ढकालको भनाईमा कोरोनाको पिसिआर परिक्षणका लागि किट खरिद गर्न रु १० लाख वजेट छुट्याई सकीएको छ ।
ढकालले भन्नुभयो “क्वारिन्टाइन व्यवस्थापन र खाजामा रु २२ लाख हाराहारी खर्च गरिसकेका छौ ।” नगरपालिकाले राहत मात्र २ हजार ७ सय ६५ परिवारलाइ बितरण गरिसकेको छ । जसमा नगरपालिकाले रु ४२ लाख खर्च गरेको उहाँको भनाई छ । ढकालको ध्यान यतिवेला भारतीय सिमा तर्फ वढी छ । उहाँ भन्नुहुन्छ “हाम्रो नगरवासी बिदेशमा अलपत्र पर्नु हुँदैन । ल्याएर सुरक्षित भएपछि घर पठाउने काम हाम्रो हो ।”
माडी नगरपालिकाले तथ्याङ्क संकलन गरे अनुसार २ हजार ८ जना माडीबासी भारतमा छन् । विदेश रहेकाको कुल संख्या ४ हजार २ सय हाराहारी छ । ती मध्ये २० देखि २५ प्रतिशत तत्काल आउने उहाँको भनाई छ । त्यसैका लागि एउटामा एक सय जना अट्ने गरि १२ वटा क्वारिन्टाईन तयारी अबस्थामा छ ।
माडी नगरपालिका वडा नम्बर १ अम्बाबासका प्रमुख ढकालसंग यस अघि गर्दी गाउ बिकास समितिको दुई पटक अध्यक्ष भएको अनुभव छ । विहान ७ वजे घरबाट खाना र पानी गाडीमा राखेर निस्किए पछि दिनभर उहाँ आफुले लगेका बाहेक पानी समेत पिउनुहुँदैन । राती घर फर्कीएपछि खाना खाने उहाँको स्वभाव छ ।
नगरपालिकाले घरकै क्वारेन्टाइनमा रहेका १ सय २९ जनाको अनुगमन, वगई स्वास्थ्य डेस्क, एक सय शैयाको अफिसियल क्वारिन्टाइन, वघौडा अस्पतालमा पाँच शैयाको आईसोलेसन, १ सय ४६ जनाको ¥यापिट डाईग्नोष्टिक टेष्ट, १९ जनाको पिसिआर परिक्षण, दिर्घरोगी, जेष्ठ नागनागरिकहरुलाई घरमानै औषधि, जिल्ला र देशका बिभिन्न ठाउँमा रहेका १ हजार जनाको उद्धार र स्वास्थ्य परिक्षण गरिसकेको छ ।
माडी चितवन राष्ट्रिय निकुञ्ज, चुरे पहाड र वन क्षेत्रको बिचमा रहेको छ । वन्यजन्तुको त्रासमा बाँच्न बिबस माडीबासी सुगम जिल्लाका भएर पनि बिभिन्न खालका समस्या भोग्न बाध्य छन् । नगरपालिकामा ४३ हजार ४ सय २ जनसंख्या रहेको छ ।

ढकालको भनाईमा कसरामा हेल्थडेक्स, सुरक्षा कर्मीलाई सुरक्षा कवज, वघौडा अस्पतालको नेतृत्वमा र समन्वयमा एम्बुलेन्स सेवा व्यवस्थित रुपमा संञ्चालन जस्ता गतिविधिहरु गरिएको छ । साथै माडीका सञ्चारमाध्यमहरुलाई संकटमा सन्देश प्रसारण गर्न वजेट विनियोजन गरि काम अघि वढाईएको छ ।
एक जना नगरप्रमुखले पुरै ध्यान केन्द्रीत गरि काम ग¥यो भने केही गर्न सक्छ भन्ने उदाहरण ढकालले देखाएको जिल्लाबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !