
चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा रही अनुसन्धान भईरहेका आरोपिहरुको जिल्ला अदालतमा म्याद थप श्रव्यदृश्य मार्फत गर्न सुरु गरेको छ । कार्यालय र मातहतका गरि चार मुद्धाका सात जना आरोपिको म्याद थप समेत यसै प्रकृयाबाट गरिएको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्का अनुसार ईलाका प्रहरी कार्यालय खैरहनीबाट दुईवटा मुद्धा, ईलाका प्रहरी कार्यालय टाँडीबाट एउटा र जिल्ला प्रहरी कार्यालयबाट एउटा मुद्धाको श्रव्यदृश्य मार्फत म्याद थप गरिएको हो ।
कोरोना भाईरसको जोखिम बढ्दै जाँदा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने भएकाले यसको जोखिमको न्यूनीकरणका लागि चितवन जिल्ला अदालतको निर्देशनमा कार्यालयले प्रबिधिको प्रयोग सुरु गरेको गुरुङ्गले जानकारी दिनुभयो ।
यसअन्तर्गत अनुसन्धानको क्रममा प्रहरी हिरासतमा राख्नुपर्ने आरोपिहरुलाई म्याद थपका लागि अदालत नलगी प्रविधिको प्रयोग गरी प्रहरी कार्यालयबाटै श्रव्यदृश्यमार्फत उपस्थित गराइने कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।