
चितवनः कोरोना संक्रमणका समयमा जिल्ला वाहीरबाट र विदेशबाट आएर क्वारेन्टाईनमा बसेका आफन्तलाई घरेलु मदिरा पु¥याउनेलाई स्थानीय प्रशासनले रु ५ हजार जरिवाना गरेको छ । राप्ती नगरपालिका वडा नम्बर ३ का २५ वर्षिय कुमार थपयिालाई प्रशासनले सो जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी इश्वर सिंखडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार थपलियाले बुद्धशान्ति माबिमा रहेको क्वारेन्टाईनमा रहेका आफन्तलाई घरेलु मदिरा पु¥याउन जाने क्रममा थपलियालाई बैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । प्रशासनले उनी संगको वयान पछि जरिवाना तोक्दै अब देखि यस्तो नगर्न सचेत गराएर छाडेको छ ।