
चितवनः सामुदायीक वनमा घाँस काट्ने क्रममा रुखबाट लडेर पश्चिम चितवमा आज एक जनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ निवासी १५ वर्षिय सरोज बिक रहेका छन् ।
कार्यालयका अनुसार घाँस काट्न जाँदा उनी वाटुली पोखरी सामुदायीक वनमा रुखबाट लडेका थिए । रुखबाट लडेर घाईते बिकको उपचारका क्रममा चितवन मेडीकल कलेजमा साँझ पाँचबजे मृत्यु भएको प्रहरीले जनाएको छ ।