चितवन : चितवनका व्यवसायीहरुको समुहले भरतपुर महानगरपालिका २९ मा खाद्यान्न वितरण गरेका छ । चितवनका १० जना व्यवसायीहरुको समुहले भरतपुर २९ गौरी गाउँस्थित चेपाङबस्तीका ३३ चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

कोरोना भाइरस र जारी लकडाउनको कारण समस्यामा परेका चेपाङ परिवारलाई व्यवसायीहरु प्रदीप अधिकारी, अर्जुन भुसाल, गौरिश्वर सापकोटा, सुमन अधिकारी, कमल कँडेल, अरुण शाह, पदमराज पौडेल, मनोज खनाल, हिमाल शर्मा ९जोन० र अनु श्रेष्ठको समुहले खाद्यान्न सहयोग गरेको हो । ३३ परिवारलाई ४९५ किलो चामल, ६६ किलो दाल, ३३ किलो नुन, ६६ लिटर तेल र ६६ थान साबुन वितरण गरिएको व्यवसायी प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

उक्त खाद्यान्न भरतपुर १९ का वडाध्यक्ष मनबहादुर मगर मार्फत स्थानिय ३३ चेपाङ परिवारलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । कोरोना भाइरस र जारी लकडाउनको कारण समस्या परेका वर्ग भोकै बस्न नपरोस् भनेर सहयोग गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !