काठमाडौं : सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले पारित, स्वीकृत गरेको लम्पियाधुरा–लिपलेकसहितको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा नक्साको सार्वजनिकीकरण गरेकी हुन् ।
नेपालका अन्तर्राष्ट्रिय सीमा नाका र स्थानीय तहलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको हो ।

यसअघि प्रकाशन–चलन चल्तीमा ल्याइएको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपलेक, कालापानीसहितका भू–भाग छुटेका थिए । सरकारले ती सबै भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।

आज ९बुधबार० सार्वजनिक गरेको नक्सा तत्कालै चल्तीमा ल्याइने सरकारले जनाएको छ ।

भारतले सन् १८१६ को सुगौली सन्धिले नेपालकै भूभाग भनी किटान गरेको भूमि हुँदै मानसरोबर जाने बाटाको ट्र्याक खोलेपछि नेपाल जवाफ दिन बाध्य भएको हो ।

सरकारले आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा कार्यक्रम गर्दै शीघ्र नक्सा सार्वजनिक गर्ने बताएको थियो ।

सरकारले नक्सा सार्वजनिक गर्दै भारतसँग कूटनीतिक पहल जारी राख्ने निर्णय गरेको छ । भारतले कोरोनाको सङ्क्रमण पार लागेपछि वार्ता गर्ने बताए पनि नेपालले पर्खन नसक्ने र तत्कालै वार्तामा बस्न पनि आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !