एक सय ४५ प्रहरी क्वारेन्टाईनमा

काठमाडौंः महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रभित्र रहेको महानगरीय ट्राफिक प्रभागका १४५ प्रहरीलाई क्‍वारेन्टाइनमा राखिएको छ ।

कालीमाटी वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना भाइरसको संक्रण देखिएपछि त्यहाँ कार्यरत सबैलाई क्‍वारेन्टाइनमा राखिएको हो । गएराति मात्रै दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूको सशस्त्र प्रहरी बलको कोभिड अस्पतालको आइसोलेसनमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।
कालीमाटी वृत्तमा डीएसपीको कमान्डमा ९१ जना र ट्राफिक प्रभागमा इन्सपेक्टरको कमान्डमा ५४ जना कार्यरत छन् । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीम ढकालले सँगसँगै ड्युटीमा खटिने प्रहरीलाई संक्रमण भएपछि जाँचको रिपोर्ट नआएसम्म ट्राफिक प्रहरी पनि क्‍वारेन्टाइनमै रहने बताउनुभयो । वृत्त र प्रभागले वहन गर्दै आएको जिम्मेवारी अन्य प्रहरी युनिटले गर्नेछन् । वृत्त र ट्राफिक प्रभागसमेत सिल गरिएको छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer