
काठमाडौंः नोभेल कोरोना भाइरसका २७ संक्रमित थपिएका छन् । उनीहरुमा २४ पुरुष र तीन महिला रहेका छन् ।
थपिएका २७ संगै नेपालमा कोराोना संक्रमितको संख्या ४ सय दुई पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रत्रालयले जनाएको छ । सोमबार एकैदिन ८० जनामा कोरोना पुष्टि भएको थियो । हालसम्म कोरोना संक्रमणको उपचारपछि ३७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हालसम्म पीसीआर विधिबाट ३२ हजार ६०४ जनाको कोरोना परीक्षण गरिएको छ भने आररडीबाट ७४ हजारभन्दा ६४९ पुगेको छ । हालसम्म ४५७ जना आइसोलेसनमा रहेका छन् ।