चितवनः जिल्लामा कोरोना भाईरस (कोभिड १९) को त्रास वढ्दै गएको समयमा सरकारी कार्यालामा सेवाग्राहीको भिडका कारण स्थानीय त्रसित वनेका छन् । बिद्युत बितरण केन्द्र भरतपुरमा आईतबार र आज भएको भिडका कारण स्थानीय त्रसित भएका हुन ।
आईतबार मात्रै ९ सय जना ग्राहकले बिद्युत महशुल बुझाएका छन् । यस्तै आज विहान ९ वजे देखि नै महशुल बुझाउनेको भिड वढ्दै गएको देख्न सकिन्छ । केन्द्रमा ५७ हजार ग्राहक रहेको कार्यालयका प्रमुख सुरेश कुमार महतोले जानकारी दिनुभयो । लकडाउनको अबधि भर कार्यालयले जरिवाना छुट गरेको भए पनि ग्राहक रिडिङ् डेटबाट सात दिन भित्र महशुल बुझाउन आउने भएकाले भिड वढेको उहाँले जानकारी दिनुभयो । सो समयमा महशुल बुझाउँदा दुई प्रतिशत छुट दिने व्यवस्था रहेको छ ।
सोहि छुटको लोभले ग्राहकहरु महशुल बुझाउन भिड गर्दै आएको पाईन्छ । यसले गर्दा कोरोना भाईरसको संक्रमणको त्रास झन उच्च भएको देखिन्छ । यसलाई रोक्नका लागि जिल्ला प्रशासन कार्यालय चितवनबाट समेत पत्राचार भईसकेको छ। सामाजिक दुरी कायम गर्दै महशुल लिन निर्देशन भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिनुभयो । सामाजिक दुरी कायम गर्न नसकेमा महशुल लिने काम वन्द गर्न भनिएको उहाँले जानकारी दिनुभयो ।
महतोले महशुल बुझाउनका लागि बिद्युतिय माध्यम भए पनि ग्राहकलाई बिश्वास नभएका कारण भिड वढेको स्विकार गर्नुभयो । मोवाईल बैंकिङ्, इ सेवा लगाएतका सेवाबाट भूक्तान गर्न सकीने भए पनि ग्राहक कार्यालयमानै आउने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !