काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री नै भ्रष्टाचारीको बचाउमा लागेको बताउनुभएको छ ।
उहाँले संसदमा सरकारका तर्फबाट प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै यस्तो बताउनुभएको हो ।
“कोरोना महामारीको बेलामा अत्यावश्यक सामग्री र औषधीसमेतमा भ्रष्टाचार भएको भनि प्रश्न उठ्नु, त्यसमा छानबिन हुनुको साटो प्रधानमन्त्री आफैँ भ्रष्टाचारजन्य घटनाको बचाउमा उत्रिने र उन्मुक्ति दिने जस्ता घटनाले सुशासन र सदाचारको विषयमा सरकार पूर्ण असफल भएको पुष्टि हुन्छ,” देउवाले भन्नुभयो ।