काठमाडौंः नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सह प्रवक्ता डा। समिर अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोग गरिएको परीक्षणमा धनुषाका दुईजना २० वर्ष र ६५ वर्षका व्यक्तिमा कोरोना देखिएको छ । योसंँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !